काठमाडौं । इजरायल र यूएईबीचमा बिहीवार एक ऐतिहासिक सम्झौता भएको छ । यसमा फिलिस्तानले भने यसको कडा बिरोध गरेको छ ।
यो सम्झौताबाट अब इजरायल र यूएईले आपसी सम्बन्ध सामान्य गर्नेछन् । इजरायलले वेस्ट बैंकलाई मिलाउने आफ्नो योजना स्थगित गर्ने बताएको छ ।
फिस्तिानले भने यो सम्झौताको कडा बिरोध जनाएको छ । इजरायलले यो सम्झौता गरेर आफूलाई धोक दिएको फिलिस्तानले बताएको छ ।
साथै फिलिस्तानले आफ्नो राजदूतलाई पनि फिर्ता बोलाएको छ । यूएई पहिलो यस्तो खाडी देश हो, जसले तेश्रो अरब देश इजरायलसँग राजनीतिक सम्बन्ध स्थापित गरेको छ ।
यो भन्दा अगाडि अरबले मिश्र र जोर्डनले इजरायलसँग सम्झौता गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहविार इजरायल र यूएईको बीचमा भएको सम्झौताको घोषणा गरेका थिए ।
उनले एक ट्वीट मार्फत यो जानकारी दिएका थिए । यो ऐतिहासिक सम्झौताबाट मध्य पूर्वमा शन्ति स्थापना हुनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया