अमेरिकी रिपोर्टबाट भयो यस्तो खुलासा !

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको चपेटामा हरेक आयुवर्गका मानिसहरु परेका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गईरहेको छ ।

यसैबीच एक रिपोर्टमा जुलाईका अन्तिम दुई हप्तामा ९७ हजार बच्चा कोरोना संक्रमित भएको रहस्य खुलेको छ ।

यो जानकारी अमेरिकी बाल रोग एकेडेमी र चिल्ड्रेन हस्पिटल एसोशिएसनको तर्फबाट बताइएको हो ।

यो एक राज्यको स्तरीय समीक्षा रिपोर्ट हो । यस रिपोर्टमा बच्चामा कोरोना भाइरसको संक्रमणको कुल केसमा ४० प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकामा शुरुवातबाट अहिलेसम्म ३ लाख ४० हजार बच्चा संक्रमित भएका छन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?