काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ४९ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९ लाख ४० हजार ८ सय ७६ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ३८ लाख ९ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ८० हजार ७ सय ५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ४ सय २८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
वल्डोमिटरको तथ्यांक अनुसार २३ लाख ९ हजार ७ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ६५ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया