काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ४९ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९ लाख ४० हजार ८ सय ७६ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ३८ लाख ९ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६९ हजार ५ सय ४६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ५६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५३ लाख ० हजार ३ सय ५ पुगेको छ ।
हालसम्म २८ लाख १५ हजार ६ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ३ सय ५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया