ब्राजिलबाट आएको चिकेनमा कोरोना भाइरस भेटिएको चीनको दाबी !

काठमडौं । चीनले ब्राजिलबाट आएको फ्रोजन चिकेनको प्वाँखमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ ।

गएको हप्ता यान्ताई शहरमा इक्वेडरबाट पठाइएको समुन्द्री झिंगा माछोमा पनि कोरोना भेटिएको बताइएको थियो ।

चीनले जूनमा ब्राजिल समेत केहि देशहरुको मासुमा प्रतिबन्ध लगाए पनि पछि हटाएको थियो ।

शेरझेनका लोकल डिजीज कन्ट्रोल सेन्टरले नियमित जाँच गर्ने क्रममा ब्राजिलबाट ल्याएको चिकनेमा कोरोना भेटिएको हो ।

ब्राजिलले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन । शेनझेन सीडीसीले आम नागरिकलाई सावधानी अपनाउन अपील गरेको छ ।

एजेन्सीको सहयोमगा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?