कोरोना कहर : भारतमा संक्रमितको नयाँ रेकर्ड, थपिए हालसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ५२ हजार ५८४ जनाको मृत्यु भईसकेको छ भने २ करोड ८ लाख ३ हजार ७०६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ३७ लाख १ हजार ५७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ६०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजार १३८ जनाको मृत्यु भएको छ भने २३ लाख ९५ हजार ४७१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १६ लाख ९५ हजार ८६० जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ५२ हजार ४७३ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै हालसम्मकै धेरै संक्रमित थपिएका छन् ।

त्यहाँ बुधवार एकैपटक ६७ हजार ६६ जना संक्रमित थपिएका छन् भने ९५० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?