अमेरिकामा कोरोना भयावह कायमै : १ लाख ६८ हजार बढीको गयो ज्यान

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ४९ हजार १३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६ लाख ६८ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ३५ लाख ६५ हजार ४ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ६ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६८ हजार ३ सय ९० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २१ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५३ लाख २७ हजार ८ सय ७५ पुगेको छ ।

हालसम्म २७ लाख ७८ हजार ४ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ३ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ६ सय ४५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?