काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमै सबैभन्दा पहिला कोरोना भाइरसविरुद्धको भ्याक्सीन मंगलवार आफूले सबैभन्दा पहिला बनाएको दाबी गरे ।
साथै उनले आफ्नी छोरीलाई समेत यो भ्याक्सीन लगाएको बताएका छन् । त्यसपछि रुसलाई २० देशहरुले १ अर्ब भ्याक्सीनको डोज बनाउन आग्रह गरेका छन् ।
रुसलाई भ्याक्सीन बनाएपछि विभिन्न देशहरुले बधाई दिएका छन् । तर विश्व स्वास्थ्य संगठनले भने सबै जानकारी नदिकन उत्पादन नगर्न आग्रह गरेको छ ।
यसैबीच रुसले बनाएको उक्त भ्याक्सीनको प्रयोग १८ वर्ष भन्दा कम र ६० वर्ष भन्दा माथिको उमेर समूहकालाई लगाउने अनुमति नरहेको बताइएको छ । Fontanka का अनुसार एक रिपोर्टमा यो दाबी गरिएको छ ।
डेली मेलले छापेको एक रिपोर्टका अनुसार प्रेग्नेन्ट र स्तनपान गराउने वाला महिलाहरुलाई पनि यो भ्याक्सीन लगाउन दिइने छैन ।
उनीहरुलाई यसकारण स्विकृति नदिएको हो कि, उनीहरुमा भ्याक्सीनले गर्ने प्रभावको बारेमा अहिलेसम्म केहि जानकारी छैन ।
अर्थात् स्टडी भएको छैन । रुसी भ्याक्सीन तेश्रो चरणको ट्रायलका क्रममा रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया