काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
सेनाको रिसर्च एण्ड रेफरल अस्पतालले बुधवार एक बयान जारी गर्दै उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको बताएको हो ।
अहिले उनको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । ८४ वर्षका उनको मस्तिष्कको सर्जरी गरिएको थियो ।
त्यो भन्दा पहिला उनमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी भारतमा सन् २०१२ बाट सन् २०१७ सम्मका लागि राष्ट्रपति बनेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया