काठमाडौं । विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको भ्याक्सीन बनाएको भनेर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार दाबी गरेका छन् ।

साथै उनले आफ्नो छोरीले पनि कोरोनाविरुद्धको भ्याक्सीन लगाएको बताएका छन् ।

यसैबीच रुसको दाबीमाथि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पुरा जानकारी नदिकन कुनै पनि उत्पादन नगर्न रुसलाई आग्रह गरेको छ ।

डब्ल्यूएचओका रीजनल ब्राञ्च प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनका असिस्टेन्ट डाइरेक्टरले दोश्रो चराण र तेश्रो चरणको ट्रायलको विवरण नआईकन उत्पादन शुरु नगर्न आग्रह गरेका हुन् ।

रोयटर्सका अनुसार जरबास बारबोसाले विश्व स्वास्थ्य संगठनलाई रुसी भ्याक्सीनको पुरा जानकारी नआएको भन्दै सारा जानकारी नदि भ्याक्सीन उत्पादन नगर्न आग्रह गरेका हुन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया