ह्वाईट हाउस बाहिर चल्यो गोली, ट्रम्पले छोडे ‘प्रेस ब्रिफिङ’ (भिडियोसहित)

काठमाडौं । अमेरिकाको ह्वाईट हाउस भन्दा बाहिर फायरिङ भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँग कुराकानी गर्दै यस बारेमा जानकारी दिएका हुन् ।

उनले भने, ‘ह्वाइट हाउस बाहिर फायरिङ भएको खबर आएको छ, तर अहिले स्थिती नियन्त्रणमा छ ।’

ह्वाइट हाउस बाहिर फायरिङ भएको बेला ट्रम्प प्रेस ब्रिफिङमा थिए । सीक्रेट सर्भिसका अधिकारीले उनलाई पेडियमबाट झर्नको लागि बताएका थिए ।

केहि समयका कारण्ढा प्रेस ब्रिफिङ रोक्नु समेत परेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?