काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाद ३८ हजार ६९५ जनाको मृत्यु भएको छ भने २ करोड २ लाख ४६ हजार ५८० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ३१ लाख ७ हजार ३६० जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ५२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ५२ लाख ५१ हजार ४४६ जनालाई संक्रमण भएको छ भने १ लाख ६६ हजार १९२ जनाको मृत्यु भएको छ ।
त्यस्तै २७ लाख १५ हजार ९३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २३ लाख ६९ हजार ३२० जना उपचाररत छन् ।
त्यस्तै १७ हजार ५८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म क्यालिफोर्नियामा १० हजार ४६८ जनाको मृत्यु भएको छ भने ५ लाख ७३ हजार ७७३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ८ हजार २८२ जनाको मृत्यु भएको छ भने ५ लाख ३६ हजार ९६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ५ लाख १८ हजार ७०४ जनालाई संक्रमण भएको छ भने ८ हजार ७३१ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा सोमवार ४९ हजार ८०० जना संक्रमित थपिएका छन् भने ५६९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया