काठमाडौं । अमेरिकाको उत्तर क्यारोलिनामा आईतवार विहान आठ बजेर सात मिनेट जाँदा ५.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
यो भूकम्प त्यहाँ एक सय वर्ष यताकै ठूलो रहेको बताइएको छ । अहिले सम्म यसबाट कुनै दुर्घटना भने नभएको बताइएको छ ।
ग्रिनभिले नेशनल वेदर सर्भिसका अनुसार उक्त भूकम्प पछि फेरी एक सानो झट्का गएको थियो ।
केहि घरहरु भने क्षति भएको बताइएको छ । एक मिनेटसम्म धर्ती हल्लिएको स्थानीयले अन्तार्रष्ट्रिय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया