दोहा । आज कतारबाट दुई उडानमार्फत ३ सय ३ नेपाली स्वदेश फर्किएका छन् ।
कोरोना महामारीबाट सिर्जित परिस्थितीका कारण नेपाल फर्किनैपर्ने अवस्थामा रहेका ३ सय ३ नेपालीहरुलाई दोहाबाट भएको २८ औँ र २९ औँ उडानबाट स्वदेश फर्काइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १५२ जना नेपालीहरू नेपाल फर्किएका हुन् । दूतावासका अनुसार लकडाउनपछि यो नेपाल एयरलाइन्सको आज भएको दोश्रो उडान हो ।
आजै बिहान सोही एयरलाइन्सको अर्को उडानबाट १५१ जना नेपालीहरु स्वदेश फर्कनु भएको दूतावासले जनाएको छ ।
नेपाल प्रस्थान गरेका नेपालीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासबाट ड्युटीमा खटिएका सबै कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया