काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण विश्वमा ७ लाख २९ हजार ४८४ जनाको मृत्यु भएको छ भने १ करोड ९८ लाख ८३६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड २७ लाख १९ हजार १८१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार १७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसबाट अति प्रभावित देश अमेरिकामा अहिलेसम्म १ लाख ६५ हजार ७० जनाको मृत्यु भएको छ भने ५१ लाख ४९ हजार ७२३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ २६ लाख ३८ हजार ४७० जना संक्रमण मुक्त भएका छन् भने २३ लाख ४६ हजार १८३ जना उपचाररत छन् ।
त्यस्तै अमेरिकामा १८ हजार २० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १० हवार ३१३ जनाको मृत्यु भएको छ भने ५ लाख ५६हजार १८५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ८ हजार १०९ जनाको मृत्यु भएको छ भने ५ लाख २६ हजार ५७७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म ५ लाख ४ हजार २९८ जनालाई संक्रमण भएको छ भने ८ हजार ५१० जनाको मृत्यु भएको छ ।
अमेरकामा शनिवार मात्रै ५४ हजार १९९ जना संक्रमित थपिएका छन् भने ९७६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया