काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख २६ हजार ९ सय ४८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९६ लाख ९७ हजार ९ सय ३२ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड २६ लाख ३९ हजार ५ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ९ सय ३९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६४ हजार ५ सय ३३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २३ हजार १ सय ६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५१ लाख १८ हजार ६ सय ३० पुगेको छ ।
हालसम्म २६ लाख २० हजार १ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया