काठमाडौं । १५ जूनमा चीन र भारत बीचमा सीमावर्ती क्षेत्र पूर्वी लद्दाखस्थित गलवान घाटीमा हिंसात्मक झडप भयो ।
जसका कारण २० भारतीय सैनिकले ज्यान गुमाए । त्यसपछि भारतीय नागरिकहरु चीनसँग रुष्ट बनेका छन् ।
केहि शान्त बनेको महोल अहिले mिेरि एकाएक तातिएको छ । चीन र भारतले सीमामा एक हजार भन्दा धेरै सैन्य शक्ति तैनाथ गरेका छन् भने लडाकू विमानहरु पनि तैनाथ छन् ।
मूड अफ द नेशनको नामबाट गरिएको एक सर्वेका अनुसार ५९ प्रतिशत भारतीय नागरिक चीनसँग युद्ध गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।
साथै ३४ प्रतिशत युद्धको विपक्षमा रहेका छन् भने ७ प्रतिशतले कुनै प्रतिक्रिया दिएका छैनन् ।
त्यस्तै सर्वेमा ७२ प्रतिशतले भारतले चीनलाई हराउने बताएका छन् भने ९ प्रतिशतले चीनलाई हराउन नसक्ने बताएका छन् ।
त्यस्तै १० प्रतिशतले कुनै प्रतिक्रिया दिएका छैनन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया