मुकेश अम्बानी बने विश्वकै चौथो धनी व्यक्ति

काठमाडौं । बजारको हिसाबमा भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इण्डस्ट्रीजका चेयरम्यान मुकेश अम्बानी विश्वकै चौथो धनी व्यक्ति बनेका छन् ।

अहिले रिलायन्स विश्वकै दोश्रो ठूलो ब्राण्ड बनेको छ । ब्लूमबर्ग बिलेनियर एण्डेक्सको रियल टाइम नेटवर्थका अनुसार मुकेश अम्बानी ८०.६ अर्ब डलरका साथ विश्वका चौथो धनी व्यक्ति बनेका हुन् ।

योसँगै अम्बानी फेसबुकका संस्थापक मार्क जुकरवर्गको नजिक पुगेका छन् । जुकरवर्ग १०२ अर्ब डलरका साथ तेश्रो स्थानमा छन् ।

पहिलोमा अमेजनका सीईओ जेफ बेजोस रहेका छन् भने दोश्रोमा माइक्रोसफ्टका फाउण्डर बिल गेट्स रहेका छन् ।

अम्बानीले अहिले एलवीएमएचका बर्नाड अर्नोल्ट एण्ड फ्यामीलीलाई पछाडी पारेका छन् । त्यस्तै वर्क शायर ह्याथवेका वारेन बफे छैटौँ स्थानमा छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?