काठमाडौं । भारतको केरलस्थित कोझिकोडमा हिजो (शुक्रवार) राती ठूलो विमान दुर्घटना भएको छ । यो दुर्घटनामा पाइलटसहित १८ जनाको मृत्यु भएको छ ।

दुबईको आया एयर इण्डिया एक्सप्रेसको विमान ल्याण्डिङको क्रममा दुर्घटना ग्रस्त भएको थियो ।

विमान ३५ फिट गहिरो खाडीमा खसेको थियो । विमान दुर्घटनाका बेला दुई भागमा विभाजित भएको थियो ।

घटनामा दुई पाइलटसहित १८ जनाको मृत्यु भईसकेको छ भने १२७ जना अस्पतालमा भर्ना भएका छन् ।

दुबईबाट १८४ जना यात्रीहरु बोकेर आएको यो विमानमा २ पाइलट समेत क्रुका ७ सदस्य थिए । विमानमा १० जना नवजात बच्चा रहेको खुलेको छ ।

हिजो साँभ, ७ बजेर ४१ मिनेटमा विमान दुर्घटना भएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया