कोरोना कहर : भारतमा एकैदिन ६१ हजार बढी संक्रमित, ९ सय बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख २४ हजार ५० जनाको मृत्यु भएको छ भने १ करोड ९५ लाख ४१ हजार २१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २५ लाख ४४ हजार ४८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार १५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४२ हजार ५७८ जनाको मृत्यु भएको छ भने २० लाख ८६ हजार ८६४ जनालाई संक्रमण भएको छ ।

भारतमा १४ लाख २७ हजार ६६९ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख १६ हजार ६१७ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ । भारतमा शुक्रवार मात्रै ६१ हजार ४५५ जना संक्रमितक थपिएका छन् भने ९४० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?