काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख २० हजार २ सय ६२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९३ लाख ९६ हजार ७ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड २४ लाख ५३ हजार ८ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार १ सय ६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६३ हजार १ सय ६९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार ७ सय ७३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० लाख ५१ हजार ९ सय ५२ पुगेको छ ।
हालसम्म २५ लाख ८० हजार ५ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार २ सय ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया