काठमाडौं । लेबनानको राजधानी बेरुतमा मंगलवार भएको बिस्फोटमा अहिलेसम्म १३५ जनाको मृत्यु भएको छ भने ४ हजार भन्दा धेरै घाईते भएका छन् ।
१० किलोमिटरको क्षेत्र ध्वस्त हुने गरि भएको बिस्फोटका कारण जर्मन दूतको पनि उक्त घटनामा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
जर्मन विदेश मन्त्री हेइको मासले विदेश मन्त्रालयमा काम गरिरहेकी एक महिलाको निधन भएको जानकारी दिएका छन् ।
उक्त महिला बिस्फोट क्षेत्र नजिकैको अपार्टमेण्टमा बस्थिन् । बन्दरगाहमा राखिएको अमोनियम नाइट्रेटका कारण यो घटना भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया