बझाङ । जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारस्थित घन बहादुर शाहीको पसलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने शाही समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ जोर तास र ४५ हजार रुपैयाँ नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया