खोलाले बगाउँदा एकको मृत्यु

नवलपुर । मध्यबिन्दु नगरपालिकाको पनौतीको उल्टी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मध्यबिन्दु–११ का ४२ वर्षीय मित्रबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ

कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले खोलाले बगाएको स्थानबाट करिब साढे एक किलोमिटर तल कुमालको शव फेला परेको जानकारी दिए।

सोमवारदेखि नवलपुरको तापक्रम एक्कासि बढ्दै जाँदा यहाँ अत्यधिक गर्मीको महशुस गर्न थालिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?