कोरोनाको प्रकोप : अमेरिकामा रोकिएन महामारी, एकैदिन यति धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण विश्वमा ७ लाख ११ हजार १०८ जनाको मृत्यु भएको छ भने १ करोड ८९ लाख ७० हजार ८३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २१ लाख ६० हजार ६७५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित रहेको अमेरिकामा अहिलेसम्म १ लाख ६१ हजार ६०१ जनाको मृत्यु भएको छ भने ४९ लाख ७३ हजार ५६८ जनालाई संक्रमण भएको छ । त्यस्तै २५ लाख ४० हजार १३७ जना संक्रमण मुक्त भएका छन् भने २२ लाख ७१ हजार ८३० जना उपचाररत छन् ।

अमेरिकामा १८ हजार ४२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा ५ लाख ३२ हजार ७४५ जनालाई संक्रमण भएको छ भने ९ हजार ८७२ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ५ लाख २ हजार ७३९ जनालाई संक्रमण भएको छ भने ७ हजार ६२७ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा ४ लाख ८२ हजार १०१ जनालाई संक्रमण भएको छ भने ७ हजार ८८० जनाको मृत्यु भएको छ ।

अमेरिकामा बुधवार मात्रै ५५ हजार १४८ जना संक्रमित थपिएका छन् भने १ हजार ३११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?