काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण विश्वमा ७ लाख ११ हजार १०८ जनाको मृत्यु भएको छ भने १ करोड ८९ लाख ७० हजार ८३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड २१ लाख ६० हजार ६७५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म ४० हजार ७३९ जनाको मृत्यु भएको छ भने १९ लाख ६३ हजार २३९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख २७ हजार २०० जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ९५ हजार ३०० जना स्वास्थ्योपचाररत छन् ।
भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बुधवार मात्रै भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका छन् भने ९१९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया