काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ।
गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा यसरी नै थप गर्न सक्ने सुविधा दिएपछि पर्याप्त धितो भएका ऋणीको नाममा बैंकले आफूखुसी कर्जा थपेर ब्याज असुल्न थालेका थिए।
डुब्न लागेको व्यवसायलाई चालु पुँजी दिएर पुनरोत्थान गर्न दिइएको पैसा बैंकले ऋण असुल्न प्रयोग गरेको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्।अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया