सेती प्रादेशिक अस्पतालमा २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थपिएका २० जना संक्रमितमा ६ महिला र १४ पुरुष रहेका छन् ।

योसँगै प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले लोकपथलाई बताए ।

थपिएका संक्रमितमा अछामका ४ जना, कैलालीका ९ जना, कञ्चनपुरका ७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?