काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ९२ हजार ६९४ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८२ लाख ३१ हजार ५३५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड १४ लाख ४३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ७५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण अमेरिकामा १ लाख ५८ हजार ३६५ जनाको मृत्यु भएको छ भने ४८ लाख १३ हजार ६४७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २३ लाख ८० हजार २१७ जना संक्रमण मुक्त भएका छन् भने २२ लाख ७५ हजार ६५ जना उपचाररत छन् । त्यस्तै १८ हजार ६२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा ९ हजार ३९७ जनाको मृत्यु भएको छ भने ५ लाख १५ हजार ६८६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ४ लाख ८७ हजार १३२ जनालाई संक्रमण भएको छ भने ७ हजार ८४ जनाको मृत्यु भएको छ ।
त्यस्तै टेक्सासमा ४ लाख ५४ हजार ३६४ जनालाई संक्रमण भएको छ भने ७ हजार ३४१ जनाको मृत्यु भएको छ ।
अमेरिकामा आईतवार मात्रै४९ हजार ३८ जना संक्रमित थपिएका छन् भने ४६७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया