काठमाडौं । कोरोना संक्रिमतहरु बढ्न थालेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कडाइ गर्न थालिएको छ । पछिल्लो दिनहरुमा दैनिक जसो सक्रमितहरु भेटिनथालेपछि भोलिदेखि लागू विभिन्न व्यवसाय संचालन रोक लगाइएको छ ।
बुटवल उपमहानगरपालिकाले उपमहानगरले आइतबार एक सूचना जारी गर्दै हाटबजार, सैलुन ,ब्यूटिपार्लर तथा फूटपाथमा बेच्ने व्यवसाय बन्द गर्न अनुरोध गरेको हो ।
कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपमहानगरले स्वास्थ्य तथा सुरक्षा सम्बन्धि सावधानिका सम्पूर्ण उपायहरु अवलम्बन गरेर मात्र होटल तथा रेष्टूरेण्ट सञ्चालन गर्न आग्रह गरेको छ । होटल तथा रेष्टूरेण्टहरुलाई विहान ७ बजे देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया