काठमाडौं । तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
चक्रपथस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवाको खालबाट नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित शनिबार दिउँसो प्रहरीले बरामद समेत गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया