थप ५० नेपालीलाई जापानमा छात्रवृत्ति

टोकियो । जापानमा अध्ययनरत थप ५० नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसनले उक्त छात्रवृत्ति दिने भएको हो । उक्त संस्थाले विभिन्न देशका झण्डै ४८० विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको छ । सो संस्थालाई जापानमा कौएकी जाइदान हौजिन भनिन्छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको उपस्थितिमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बारेमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले प्रत्येक महिना ३० हजार रुपैयाँका दरले दुई वर्षसम्म उक्त रकम पाउने छात्रवृत्तिका लागि सहयोगी भूमिका निर्वाह गरिरहेका कोएकी जाइदान होजिनमा कार्यरत कमल बाँस्तोलाले बताए। छात्रवृत्तिको लागि सिफारिस भने गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) जापानले गर्ने भएको छ । एनआरएनए जापानले आर्थिक अवस्था कमजोर रहेका र जापान आएपछि जापान सरकारले तोकेको मापदण्डमा रहेर बस्दै आए, नआएको भन्ने आधारमा छनोट गर्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?