काठमाडौं । रुसले अक्टोबरबाट कोरोना भाइरसविरुद्ध वृहत भ्याक्सीनेशन प्रोगाम शुरु गर्दैछ । रुसका स्वास्थ्य मन्त्री मिख्याल मुराश्कोले देशका स्वास्थ्य अधिकारीहरु अहिले भ्याक्सीनेशन प्रोग्रामको तयारी गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रीले देशका डाक्टर र शिक्षकहरुलाई कोरोना भ्याक्सीन उपलब्ध गराउने पनि बताएका छन् ।
स्विकृति पाएको दुई महिना भित्रमा सबैका लागि औषधि उपलब्ध हुने बताइएको छ ।

रोयटर्सको रिपोर्टका अनुसार रुसको रेग्युलेटर्स यसै महिनामा देशमा पहिलो कोरोना भ्याक्सीनको रुपमा स्विकृति पाउँदैछ । तर धेरै छिटो कोरोना भ्याक्सीन बनेको भन्दै केहि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

यो भन्दा पहिला अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले रुस र चीनले राम्रोसँगै भ्याक्सीनको टेस्टिङ्ग गरिरहेको बताएका थिए ।

अन्य मानिसहरु अमेरिका भन्दा पहिला अरुले भ्याक्सीन बनाएमा उनीहरुमा निर्भर रहनु पर्ने भन्दै सबै मान्न तयार नभएको उनको गुनासो थियो । संसारमा कोरोनाविरुद्धका २० वटा भन्दा धेरै भ्याक्सीन तयार भईरहेका छन् ।
रुसी स्वास्थ्य मन्त्रीका अनुसार मस्कोमा रहेको गमलेया इन्स्टीट्यूटले रुसी भ्याक्सीनको क्लिनीकल ट्रायल सफल भएको र अब पेपरवर्क भईरहेको बताएका छन् ।

कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म १४ हजार ५८ जनाको मृत्यु भएको छ भने ८ लाख ४५ हजार ४४३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६ लाख ४६ हजार ५२४ जना संक्रमण मुक्त भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । त्यहाँ १ लाख ८४ हजार ८६१ जना उपचाररत छन् ।
एजेन्सीको सहयोगमा
लिपुलेकमा चीनले एक हजार सैनिक तैनाथ गरेको भारतीय मिडियाको दाबी
कोरोनाको दर्दनाक तस्वीर, संक्रमितको मृत्यु भएपछि एम्बुलेन्स छोडेर भागे स्वास्थ्यकर्मी
इसाइस सामुन्द्रीक आँधी फ्लोरिडा नजिक, आपत्कालीन स्थिती घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया