काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५ हजार ७ सय ३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७९ लाख ९७ हजार ३ सय ७८ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड १२ लाख ६० हजार ३ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ३ सय ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा ५३ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ लाख ५० हजार ७ सय ५४ पुगेको छ ।
हालसम्म ११ लाख ४५ हजार ३ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय ४५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया