काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५ हजार ७ सय ३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७९ लाख ९७ हजार ३ सय ७८ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड १२ लाख ६० हजार ३ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५७ हजार २ सय १४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २७ हजार २ सय ७४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४७ लाख ३३ हजार १ सय ६३ पुगेको छ ।
हालसम्म २३ लाख ३७ हजार ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ६ सय ८५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ६७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया