बजारमा तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटे पनि सहकारीमा लागू गरिएको सन्दर्भ ब्याजदर भने नघटाउन चलखेल सुरु भएको छ ।
सहकारी ऐनले तोकेअनुसार सन्दर्भ ब्याजदर १२ प्रतिशत हाराहारीमा झर्ने भएपछि लागू गर्न नसकिने भन्दै तत्काल पुनरावलोकन नगर्न सहकारीका सञ्चालकहरूले चलखेल थालेका हुन् ।
ब्याजदर पुनरावलोकन गर्नका लागि साउन ६ गते सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको थियो । तर, समितिले ब्याजदर पुनरावलोकन गरेन । समितिले ब्याजदरका पुनरावलोकन गर्नका लागि ऐनबमोजिम केन्द्रीय संघहरूबाट सुझाव माग्ने निर्णय मात्र गरेको छ । ब्याजदर निर्धारणमा अलमल गर्ने उद्देश्यले नै समितिले राष्ट्रिय सहकारी महासंघसहित केन्द्रीय संघहरूबाट अहिलेसम्म सन्दर्भ ब्याजदर कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन मागेको छ । कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया