भारतमा बितेको २४ घण्टामा ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६६ हजार १ सय ३२ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका १ करोड ७० लाख ३६ हजार ७० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५ लाख ५७ हजार ६ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३५ हजार पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १५ लाख ४ हजार २ सय १९ पुगेको छ ।

हालसम्म १० लाख २० हजार ३ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ७६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?