काठमाडौं । अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको हो । सूचीकृत कम्पनीको सेयर अंकित मूल्यभन्दा निकै कममा कारोबार हुँदासमेत नियमनकारी निकाय भने मौन छन् ।
अंकित मूल्यभन्दा कममा दोस्रो बजारमै सेयर पाउन थालेपछि आगामी दिनमा जलविद्युत् कम्पनीको प्राथमिक सेयर बिक्री गर्न प्रवद्र्धक कम्पनीलाई हम्मेहम्मे पर्दै आएको छ । सूचीकृत कम्पनीको वित्तीय अवस्था कमजोर भएकै कारण लामो समयसम्म कम्पनीले लाभांश दिन नसक्नु बजार घट्नुको अर्को प्रमुख कारण रहेको छ । जसका कारण लगानीकर्ता संकटमा परेका छन् । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया