ष्ट्रसंघले तोकेको मापदण्डअनुसार बन्दोबस्तीका सामान खरिद तथा व्यवस्थापन समयमै गर्न नसकेपछि सशस्त्र प्रहरी बल (एपीएफ) ले दक्षिण सुडानस्थित दुइटा फर्म पुलिस युनिट (एफपीयू) मिसनबाट ४२ करोड रुपैयाँभन्दा बढी रकम गुमाएको छ । एफपीयूले प्रयोग गर्ने सामानको खरिद, व्यवस्थापन, मर्मतलगायत काम समयमै गर्न सकेको भए यो रकम गुम्ने थिएन ।
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिसन) मातहत राजधानी जुवा र अर्को सहर बोरमा तैनाथ एपीएफका दुई एफपीयूले ६ वर्षमा ३५ लाख ३५ हजार ९ सय ८५ अमेरिकी डलर नोक्सानी बेहोरेको हो ।
यी दुई मिसनमा ३ सय २० जना सशस्त्र प्रहरी एफपीयूका रूपमा तैनाथ छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया