नेपालमा कोरोना अपडेट: कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ समग्र विवरण

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हाल नेपालमा ४ हजार ९ सय ५० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ सय २६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ । त्यस्तै हाल ५ सय ३१ जना ‘रेड जोन’ अर्थात कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । त्यससँगै मृत्यु हुनेको कुल संख्या ४८ पुगेको छ । त्यसमध्ये २ जना विदेशी र ४६ जना नेपाली रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । बितेको २४ घण्टामा मात्र काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सप्तरीका २१ जना, सिरहाका १ जना, धनुषाका १० जना, महोतरीका १० जना रहेका छन् ।

त्यस्तै पर्साका १८ जना, काभ्रेपलान्चोकका १ जना, ललितपुरका ३ जना, पर्साका २ जना, काठमाडौंका ३ जना, कास्कीका ३ जना, बाँकको १ जना, रुपन्देहीका १ जना, सुर्खेतका १ जना रहेका छन् ।

त्यस्तै दैलेखका २८ जना, सल्यानका २ जना, बैतडीका ४ जना गरी बितेको २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?

नेपालमा हालको अवस्थामा ‘एक्टिभ केस’ अर्थात् उपचाररत संक्रमितको संख्या जम्मा ४ हजार ९ सय ५० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा १ सय ९५ जना

प्रदेश नं २ मा १ हजार ९ सय ११ जना

बाग्मती प्रदेशमा ४ सय २ जना

गण्डकी प्रदेशमा २ सय ४४ जना

प्रदेश नं ५ मा ३ सय ५३ जना

कर्णाली प्रदेशमा ३ सय ७५ जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ७० जना

कोरोनाको कारण थप ३ जनाको मृत्यु, मृतक संख्या ४८ पुग्यो

नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा २ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १० निवासी ६५ वर्षीय पुरुष रहेका छन् । उनी भारतीय नागरिक हुन् । उनको गण्डक अस्पतालमा साउन ११ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनमा मुटु तथा मधुमेह सम्बन्धी समस्या रहेको थियो ।

त्यस्तै अर्का धनुषा जिल्ला सहिदनगर नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष रहेका छन् । ज्वरो, खोकीको समस्या रहेका उनको साउन ११ गते निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । उनमा स्वास्थ्य समस्या आएपछि उनलाई साउन १० गते प्रादेशीक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा थप समस्या आएपछि उनलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिँदैगर्दा बाटोमा नै निधन भएको थियो ।

त्यस्तै अर्का मृतक बारा जिल्ला फेटा गाउँपालिका वडा नं ३ निवासी ६० वर्षीय पुरुष रहेका छन् । उनको आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनमा निमोनिया मस्तिष्कघात तथा मर्गौला सम्बन्धी रोगबाट पीडित रहेका थिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

बितेको २४ घण्टामा नेपालमा थप ६ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ रहेको छ ।

प्रदेश १ मा ७८९ जना

प्रदेश २ मा २९७२ जना

वाग्मती प्रदेश ५१७ जना

गण्डकी प्रदेशमा १२०४ जना

प्रदेश ५ मा ३९१० जना

कर्णाली प्रदेशमा १५०८ जना

सुदूरपश्चिम प्रदेशमा २७५४ जना

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । हाल १६ हजार ३ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ सय ६३ जना रहेका छन् ।

प्रदेश नं १ मा १ हजार ८ सय ९९ जना

प्रदेश नं २ मा २ हजार १ सय ८० जना

बाग्मती प्रदेशमा १ हजार २ सय ५ जना

गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६ जना

प्रदेश नं ५ मा २ हजार ३ सय ४ जना

कर्णाली प्रदेशमा ४ सय ६३ जना

सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना

यी हुन् ५०० भन्दा बढी संक्रमित भएका २ जिल्ला

  • रौतहट
  • कैलाली

 

हाल कोरोना संक्रमित नभएका ६ जिल्ला

नेपालको ७७ जिल्लामध्ये अहिले ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

  • पाँचथर
  • रसुवा
  • भोजपुर
  • संखुवासभा
  • मुस्ताङ
  • मनाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?