काठमाडौं । नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । हाल १६ हजार ३ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ सय ६३ जना रहेका छन् । नेपालमा बितेको २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै कुल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा १ हजार ८ सय ९९ जना
प्रदेश नं २ मा २ हजार १ सय ८० जना
बाग्मती प्रदेशमा १ हजार २ सय ५ जना
गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६ जना
प्रदेश नं ५ मा २ हजार ३ सय ४ जना
कर्णाली प्रदेशमा ४ सय ६३ जना
सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया