काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५० हजार ३ सय ६१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६३ लाख २१ हजार ८ सय ४९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ९९ लाख ८३ हजार २ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार २ सय ६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४९ हजार ६ सय १ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा २५ हजार ७ सय २ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४३ लाख ४१ हजार ४ सय ९१ पुगेको छ । हालसम्म २० लाख ७२ हजार ५ सय १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ९ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ५ हजार ८ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २४ लाख २ हजार २ सय ५५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ६ हजार ५ सय ९१ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १६ लाख १७ हजार ४ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९५ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ८ सय ९ पुगेको छ । बितेको २४ घण्टामा ४९ हजार ७ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १४ लाख ३५ हजार २ सय १३ पुगेको छ । हालसम्म ९ लाख १७ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय १३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार २ सय ६९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ७ सय ६५ जनामा कोरोना पुष्टि भएको र ७७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ८ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख २ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ५५ पुगेको छ । हालसम्म ४ लाख ३४ हजार २ सय जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया