शसस्त्र प्रहरीका तत्कालिन डीआईजी रञ्जन कोइरालाविरुद्ध नेपाल सरकारले शुक्रबार दर्ता गराएको पुनरावलोकन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितका सर्वोच्च अदालतका सात न्यायाधीशले हेर्न मिल्दैन।
आइतबार सुनुवाईको लागि पेशी तोकिने तयारी गरिएको सो पुनरावलोकन सर्वोच्चका बॉकी बाह्र न्यायाधीशले हेर्न मिल्छ। प्रधानन्यायाधीश सहित एक्काइस जना न्यायाधीश रहने सर्वोच्च अदालतमा दुई पद पहिल्यैदेखि खाली छन्।
सर्वोच्च अदालत श्रोतका अनुसार, बाह्र जनामध्ये कति जनाको इजलास गठन हुने हो र कुन कुन न्यायाधीशलाई इजलासमा राखिने हो भन्ने विषय आइतबार विहान मात्रै तय हुनेछ।
शुक्रबार मात्रै दर्ता भएको सरकारको पुनरावलोकन आइतबारको लागि पुरक पेशी सूचिमा सर्वोच्च अदालतले चढाएकोले तत्कालै यो मुद्दामा गम्भिर निर्णय गरी सर्वोच्च अदालत आफैंले फैसलामा गल्ति भएको पाइएमा सच्याउन सक्ने संकेत देखाएको छ।
शनिबारै प्रकाशित आइतबारको पुरक पेशी सूचिमा प्रधानन्यायाधीश राणा र न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, तेज बहादुर केसी, पुरुपोत्तम भण्डारी, सुष्मालता माथेमा र डा मनोज कुमार शर्माले सो पुनरावलोकन हेर्न नमिल्ने जनाइएको छ। नागरिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया