काठमाडौं । स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमणका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ४२ हजार ७५१ जनाको मृत्यु भएको छ भने १ करोड ५९ लाख ४१ हजार ८०६ जनालाई संक्रमण भएको छ । त्यस्तै ९७ लाख २४ हजार २८९ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा अहिले ५५ लाख ७४ हजार ७६६ जना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा विश्वमा ८६६ जनाको मृत्यु भईसकेको छ भने १० हजार ३६१ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म ब्राजिलमा कोरोनाबाट ८५ हजार ३८५ जनाको मृत्यु भएको छ भने २३ लाख ४८ हजार २०० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १५ लाख ९२ हजार २८१ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ७० हजार ५३४ जना उपचाररत छन् ।
त्यस्तै ब्राजिलमा ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ब्राजिलमा शुक्रवार मात्रै ५८ हजार २४९ जना संक्रमित थपिएका छन् भने १ हजार १७८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया