काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ३९ हजार १ सय ५९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ५७ लाख ९५ हजार ७ सय ४० जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट ९६ लाख २७ हजार २ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार २ सय ६५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १३ हजार ७ सय १० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २३ लाख ३ हजार ६ सय ६१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ४ हजार ४ सय ४० जनाको कोरोनाको कारण ज्यान गएको छ ।
वल्डोमिटरको तथ्यांक अनुसार १५ लाख ७० हजार २ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ३३ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया