अमेरिकामा ४२ लाख नाघे कोरोना संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार शुक्रबार रातिसम्म ४२ लाख ७५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आजमात्रै ३० हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ भने ३३९ जनाको मृत्यु भएको छ। यसँगै अमेरिकामा मृतकको कुल संख्या १ लाख ४७ हजार ६८८ पुगेको छ ।

हालसम्म अमेरिकामा करिब २० लाखले कोरोना जितेका छन् भने हाल २० लाख ६२ हजारको उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?