कोरोना संक्रमितलाई ताजा हावा खुवाउन भन्दै ‘आईसीयू’बाट बाहिर निकालेपछि गयो ज्यान

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । हरेक दिन तीस हजार भन्दा धेरै संक्रमितहरु फेला परिरहेका छन् ।

यसैबीच भागलपुरको नेहरु मेडिकल कलेज अस्पतालको अवस्था अहिले नाजुक बनेको छ । त्यहाँ उपचाररत एक संक्रमितलाई आफन्तले डाक्टरको सल्लाहविरुद्ध आईसीयूबाट बाहिर ताजा हावा खुवाउन भन्दै लिएर जाँदा संक्रमितको मृत्यु भएको छ ।

उक्त व्यक्तिले संक्रमितलाई ताजा हावा खुवाउन भन्दै अस्पतालबाट धेरै टाढा लिएर गएकोले उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अस्पतालको तेश्रो फ्लोरमा रहेको बिरामीलाई एक आफन्तले आईसीयूबाट निकालेर ताजा हावा खुवाउन भन्दै लिएर गएका थिए । डाक्टरले यसको विरोध पनि गरेका थिए तर परिवारले उनीहरुको कुरै सुनेनन् ।

उक्त परिवारको लापरवाहीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?