अमिताभ बच्चनको कोरोना टेस्ट रिपोर्ट नेगेटिभ

काठमाडौं – कोरोना संक्रमित ७७ वर्षीय बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।

१२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अमिताभको पछिल्लो स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आएसँगै संभवत आजै साँझ डिस्चार्जको तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालका अनुसार छोरा अभिषेकको सबै रिपोर्ट नेगेटिभ आएको छ। उनलाई आजै डिस्चार्ज गर्ने तयारी छ।

उनीहरुको  रिपोर्टमा कोरोना नेगेटिभ देखिएपनि एक दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतिय मिडियाले बताएका छन् ।

अस्पतालले भने बच्चनको अझै दुई वटा टेस्ट गरिने जनाएको छ। यदि ति दुबै रिपोर्ट नेगेटिभ आएमा उनी डिस्चार्ज हुनेछन्।

अमिताभका छोरा अभिषेक बच्चन , बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि संक्रमण देखिएको छ। जयामा भने संक्रमण देखिएको थिएन । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

ऐश्वर्या र आराध्याको रिपोर्ट भने आएको छैन।- भारतीय सञ्चारमाध्यमको सहयोगमा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?