काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख २२ हजार ४ सय ९२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ५२ लाख २० हजार ४ सय ३८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ९१ लाख ९४ हजार ७ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६३ हजार ६ सय १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४५ हजार ३ सय ५७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २४ हजार २ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४० लाख ५२ हजार ८ सय १० पुगेको छ । हालसम्म १८ लाख ९६ हजार ३ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ७ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ११ हजार ६ सय २७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लाख ७८ हजार १ सय ५९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ हजार ८ सय २ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १४ लाख ६५ हजार ९ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ३१ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ८ सय ७ पुगेको छ । बितेको २४ घण्टामा ४३ हजार ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ लाख ३८ हजार १३ पुगेको छ । हालसम्म ७ लाख ८२ हजार ७ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार १ सय १७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ७ सय ४५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ८ सय ४६ जनामा कोरोना पुष्टि भएको र १ सय ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ८९ हजार १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ७२ हजार ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । हालसम्म ३ लाख १ हजार ७ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया