कोरोनाको प्रकोप : भारतमा मंगलवार थपिए यति धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्व त्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख १९ हजार ५९२ जनाको मृत्यु भएको छ भने १ करोड ५० लाख ९८ हजार ४३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९१ लाख १६ हजार २४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३ हजार ६४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म २८ हजार ७७० जनाको मृत्यु भएको छ भने ११ लाख ९४ हजार ८५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख ५३ हजार ५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलवार मात्रै ३९ हजार १६८ जना संक्रमित थपिएका छन् भने ६७१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?